बारा क्षेत्र नं. २(२) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बच्चा राउत अहिर पुनः निर्वाचित हुनुभएको छ ।

राउत एक हजार तीन सय ६३ मतको मतान्तरले निर्वाचित हुनुभएको हो । राउतले १० हजार तीन सय दुई मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले आठ हजार ९ सय ३९ मत पाउनुभएको हो ।

राउत २०७४ सालको निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । संघीय समाजवादी फोरमबाट निर्वाचनमा  लडेका राउतले ११ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको थियो ।