बारामा पोखरीमा लुकाएर राखेको ३ थान सालको गोलिया बरामद

डिभिजन वन कार्यालय बाराले पोखरीमा लुकाई राखेको ३ थान सालको गोलिया बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा खटिएको वन कर्मचारी र वन रक्षकको टोलीले मंगलबार बाराको कोहल्वी नगरपालिका वडा नं ५ बोधवनको  पोखरीमा लुकाएर राखेको ३ वटा सालका गोलिया  बरामद गरेको हो ।

माछा पोखरीमा लुकाई राखेको गोलिया बरामद गरी बोधवन पोष्टमा राखिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

Share your love