बाघदरबार र सिंहदरबारबीच टकराव देखियो– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले बाघदरबार र सिंहदरबारबीच टकराव देखिएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले सिंहदरबारमा फोहोर उठाउन छाडेको विषयलाई लिएर उनले संसद्मा आवाज उठाएका छन् । महानगरले आफ्नो माग सम्बोधन गराउने कुरामा अत्यावश्यक सेवा अवरुद्ध गरेको उनको आरोप छ ।

‘बाघदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । एउटा निर्वाचित जनप्रतिनिधिले आफ्नो असहमति प्रकट गरिरहँदा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग पुरा गराउने शैली प्रयोग भएको ठीक वा बेठीक यसका बारेमा वहस हुनसक्ला,’– उनले भने ।

साथै, महानगरसँग छिट्टै छलफल र संवादका लागि पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकार्षण गराएका छन् ।
‘अहिलेलाई म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, कुनै विलम्व नगरिकन महानगरपालिकासँग छलफल गरियोस्, संवाद गरियोस्,’– उनले भने । File Photo/ Reporters Nepal 

Share your love