बाग्मती सरकारबाट एमाले बाहिरियाे

बाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज शुक्रवारको प्रदेश सभा बैठकमै एमाले संसदीय दलका नेता तथा आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको हो ।

सरकारमा एमालेका चार जना मन्त्री थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ ।

यसअघि बुधवार विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक बोलाइए पनि नेपाली कांग्रेस अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । अहिले कांग्रेसले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

Share your love