बाँकेकाे नेपालगञ्जमा आगलागी, सात वटा पसल जलेर नष्ट

बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वीपीचाेकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएकाे छ ।

विद्युत् चुहावट भइ आगलागी हुँदा  आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलकाे सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसाे सामान जलेकाे जानकारी दिनु भयाे ।  अहिले क्षतिको विवरण सङ्कलन भइरहेकाे उहाँले बताउनु भएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगाे निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयाे ।

Share your love