बहुदरमाई नगरपालिकाको एक विद्यालयमा आगजनी

बीरगंज -शनिबार राति पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेबार्वामा रहेको मनोकामना प्राथमिक विद्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।

शनिबार मध्यराति तिर गरिएको आगजनीका कारण विद्यालय भित्रको सामान जलेर नष्ट हुदा छ लाख बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले बताउनुभयो । घटनाको बारेमा मुचुल्का तयार गरी अनुसन्धान भईरहेको प्रहरीले जानेको छ ।

Share your love