बहुदरमाई नगरपालिकाका १ जना २० ग्राम खैरो हिरोईनसहित पक्राउ

पर्साको बहुदरमाई नगरपाकिा वडा नम्बर १ बिश्रामपुरका १ जना २० ग्राम खैरो हिरोईन सहित पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुर बस्ने हरिओम कुशवाहा रहेको पर्सा प्रहरीले जनाएको हो ।

भारत बाट लिएर आउदै गरेको बेला चेकजाचमा खटिएको प्रहरीको टोलिले बिरगँज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ति चोक बाट २० ग्राम खैरो हिरोईन सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यलय पर्साको हिरासत कक्षमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share your love