बहुदरमाईमा जसपा एमालेको चुनावी सभा, मतदाताको मायाले उत्साहित बनाएको छ -डा. मध

जसपा र नेकपा एमालेको साझा उम्मेदवारले पर्साको क्षेत्र नं ३ ख बहुदरमाईमा चुनावी सभा गरेका छन् ।

सभामा सहभागी वक्ताहरुले जसपा नेपाल र नेकपा एमालेका साझा उम्मेदवारलाई भोट हालेर जिताउन आग्रह गरेका छन् ।

संघीयता सुशासन र विकासको पक्षधर जसपा र नेकपा एमाले साझा उम्मेदवारहरुलाई मतदान गरेर नीति निर्माणको तहमा लैजान आग्रह गरिएको थियो ।

पर्सा जिल्लालाई झन् विकसित समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताले साथ दिने विश्वास प्रदेशसभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मीले व्यक्त गरिन् । यसले आफूलाई थप उर्जाशील र सशक्त बनाएको उनले बताइन ।

एमाले नेता शिव पटेलले जसपा एमालेका साझा उम्मेदवारलाई मतदात गरेर जिताउने आम कार्यकर्ता र मतदातालाई आग्रह गरे ।

Share your love