बर्दियाकाे डाँडागाउँमा आगलागी, ८ वटा घर जलेर नष्ट

बर्दियाकाे मधुवन नगरपालिका–१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नस्ट भएकाे छ ।

आज बिहीवार बेलुकी भएकाे आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगाे अनियन्त्रित भई अरू घर पनि जलेकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बाेहाेराले बताउनुभयो ।

Share your love