बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुहुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गरिसक्नु पर्ने छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

Share your love