फुलकौलका रामाशिषको गाउँ नजिकै रहेको खेतबाट धानको बोझा चोरी

वीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौल निवासी रामाशिष यादवको खेतबाटै धानको भारी ‘बोझा’ चोरी भएको छ । चोरले स्थानीय जनतालाई चुनौती दिदै गाउँ नजिकै रहेको खेतबाट धानको भारी ‘ बोझा’ चोरेर लागेको बुझिएको छ ।

धान काटेर भारी ‘बोझा’ बाँधेर राखिएको अवस्थामा यादवको मङ्गलबार राति ८ वटा धानको भारि ‘बोझा’ चोरि भएको यादवले जानकारी दिनुभएको छ  । रातिको समयमा आफ्नो धानको भारि ‘ बोझा’ ८ वटा चोरी भएको सामाजिक सञ्जाल फेसबुकमा यादवले लेख्दै जानकारी गराउनु भएको छ  ।

Share your love