फरवार्ड करिम बेन्जिमालाई ‘बालोन डी ओर अवार्ड’

रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘बालोन डी ओर’ अवार्ड जितेका छन् । गएको सिजन गरेको प्रदर्शनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डी ओरको अवार्ड प्राप्त गरेका हुन् । उनी पहिलो पटक उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।

बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

अर्जेन्टिनाका लियोनल मेस्सीले ७ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड प्राप्त गरिसकेका छन् । गएको सिजनमा लिभरपुलका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डी ब्रुइन तेस्रो भए ।

बार्सिलोनाकी एलेक्सिया पुटेलसले सन् २०२२ को सर्वश्रेष्ठ महिला फुटबलरको अवार्ड प्राप्त गरिन् । म्यानचेस्टर सिटी वर्षको उत्कृष्ट क्लब घोषित भएको छ ।

 

Share your love