प्रधानसेनापति शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अख्तरबीच भेटवार्ता

अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तरले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर प्रधानसेनापति शर्मालाई भेट्न सैनिक मूख्यालय जंगी अड्डामा पुगेकी थिइन् । नेपाली सेनाका अनुसार यस अवसरमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अख्तर दुईदिने भ्रमणको लागि सोमबार काठमाडौं आइपुगेकी हुन् ।

 

 
Share your love