प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बालुवाटारमा उहाँहरूबिच भएको छलफलमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीले फागुन ३० गते प्रतिनिधि सभाबाट लिने तयारी गर्नुभएको विश्वासको मतको विषय र सरकारको न्यूनतम साझा कार्यक्रम लगायत विषयमा छलफल भएको छ ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन, पर्सी ३० गते प्रधानमन्त्रीलाई विश्वासको मत लिने विषय, सरकारको न्यूनतक साझा कार्यक्रम लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।” सत्ता गठबन्धन दलका नेताहरूबिच यस्तो छलफल नियमित जारी रहने उहाँले बताउनुभयो ।

Share your love