प्रधानमन्त्री प्रचण्ड कमजोर : गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।

प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्तीमा एउटा मन्त्रालय आफ्नै दलसँग राख्ने चलन रहेको छ । तर प्रचण्डले दुवै नपाउने पक्का भएको हो । अरू शक्तिशाली मानिएका परराष्ट्र र रक्षा मन्त्रालय पनि माओवादीले पाउने/नपाउने टुङ्गो छैन ।

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयले आजै दिउँसाे ४ बजे शपथ ग्रहण गराउने तयारी गरेको छ । आजै सानाे आकारकाे मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

 

Share your love