प्रतिबन्धित औषधिहरुको बिक्री बढ्यो

औषधि व्यवसायीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् ।

कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनु भयो ।

उहाँले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरुलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले औषधि पसलहरु नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने बताउनु भयो ।

औषधि व्यवसायी केसीले फार्मेसीहरुमा विकृति धेरै बढेको बताउनु भयो । उहाँले अमर्यादित रुपमा व्यवसायहरु सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । उहाँले रोक लगाइएका औषधिहरु गैरकानूनी रुपमा बेच्ने काम भइरहेको भन्दै यसलाई सरकारले समयमा नै निरीक्षण गरी कारबाही गर्नुपर्ने बताउनु भयो ।

Share your love