प्रतिपक्षले निहुँ खोजिरहे शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै टुंगिदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा विशवासको मत माग्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षमा बस्नेले निहँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताउनु भयो । उहाँले नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले सहमतिमा टुंग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुंगो लगाउन नसकिएको बताउनु भयो । उहाँले अब नेपाली काँग्रेसले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विमति गर्नु नहुने बताउनु भयो ।

‘मान्य रमेश लेखकज्युले भन्नुभएको छ, अब शान्ति प्रक्रिया के हुन्छ ? हिजो शान्ति प्रक्रिया टुंग्याउन कसले बाधा पु¥यायो जवाफ दिनुपर्छ भन्नुभएको छ । जवाफ तपाईहरुलाई राम्रोसँग थाहा नै छ । जो प्रतिपक्षमा बस्यो उसैले निहुँ खोज्ने भए कहिल्यै टुंगिँदैन । तर नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यकता बन्नुपर्छ । यसलाई सहमतिमा टुंग्याऔँ भन्ने कुरामा हाम्रो कहिल्यै विमति भएन, तर टुंगिँदा पनि टुँगिएन । अब नेपाली काँग्रेसले त्यही बाटो नलिओस् भन्ने मेरो चाहना हो । अब सहमतिले यसलाई टुँग्याऔँ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले राजनीतिक अस्थिरताले सिजर्ना गरेको सामाजिक अराजकता, आक्रोशलाई परिवर्तन ल्याउन सरकारले विश्वासको मत दिन आवश्यक रहेको बताउनु भयो ।

Share your love