प्रचण्ड सहभागी कार्यक्रममा बम बिस्फोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै बुधबार बम बिस्फोट भएको छ।

भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो।
कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे थप जानकारी आउन बाँकी छ।

बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।

प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

आज प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका छन्।

Share your love