प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी नागरिकले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

यस्तै, राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । उहाँले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।

 

Share your love