पोखरियाको श्रीसियामा जसपाको घरदैलो सम्पन्न

वीरगंज –पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ६ को श्रीसियामा आज सोमबार जनता समाजवादी पार्टी नेपालले मतदाता घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

जसपा नेपाल र नेकपा एमालेको गठबन्धनबाट पर्साको क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी उम्मेदवार रहनुभएको डा.मधु गुप्ताको अगुवाईमा आज मतदाता घरदैलो कार्यक्रम सम्पन्न भएको हाम्रा सहकर्मी बिशाल यादवले जानकारी दिनुभयो ।

आसन्न प्रतिनिधि र प्रदेस सभाको निर्वाचन नजिकदै जादा जसपा पर्साले आफ्ना चुनावी घरदै कार्यक्रमलाई तिब्र पारेको छ ।

घरदैलोको क्रममा स्थानीय जनताले पर्सा क्षेत्र नम्बर ३ मा शिक्षा , स्वास्थ्य , रोजगारी लगायतको बिभिन्न समस्या बारे प्रदेश सभा सदस्यकी उम्मेदवार डाक्टर मधुगुप्ता कुर्मीलाई औगत गराएका थिए । उनीहरुको कुरालाई सम्बोधन गर्दै डा.गुप्ता कुर्मीले जसपालाई मत दिएर आफ्ना प्रतिनिधि बाउनु र समस्याको समाधान हुनेमा ढुक्क हुनु भन्नुभयो ।

Share your love