पूर्व मन्त्रि रायमाझी र छोरा सन्दीप विरुद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव एवम तत्कालिन उर्जामन्त्रि टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टोपबहादुरका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

आज (बुधबार) काठमाडौं प्रहरीले रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वारेन्ट पेपेर जारी गर्नुअघि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट स्विकृति लिएको थियो ।

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । यसअघि यही प्रकरणमा प्रहरीले तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पक्राउ गरिसकेको छ । ईन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

Share your love