पाल्पा २ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका वसन्त घर्ती मगर विजयी

पाल्पा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वसन्त घर्ती मगर विजयी हुनुभएको छ । ९ सय ४१ मतान्तरले उहाँ विजयी हुनुभएको हो । १३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएका वसन्तका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गर्नुभयो । विजयी वसन्त यसअघि पनि लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । कांग्रेसका उम्मेदवार ओमबहादुर तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।
Share your love