पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने बताउनुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला तलब सुविधा लिन मनासिब नरहेको राष्ट्रपति जरदारीले उल्लेख गर्नुभएको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का जरदारी हालै पाकिस्तानका १४ औँ राष्ट्रपति बन्नुभएको हो । आफ्नो कार्यकालमा तलब एक पैसा पनि नलिने घोषणा गरेको राष्ट्रपतिको सचिवालयलाई उद्धृत गरी एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ ।

जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये एक हुनुहुन्छ । जरदारीको यो घोषणासँगै पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि तलब नलिने सार्वजनिक गर्नुभएको छ । नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले देशको आर्थिक अवस्थाका कारण आफ्नो तलब छाड्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

Share your love