पर्सामा शान्तीपुर्वक मतदान जारी

पर्सा जिल्लाका १ सय ६७ मतदानस्थलका ४ सय १२ मतदान केन्द्रमा अहिले शान्तीपुर्वक ढंगले मतदान भइरहेको छ । १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ ह्जार ८ महिला र अन्य १६ गरी ३ लाख ४५ हजार ९ सय २८ मतदाता संख्या रहेको पर्सा जिल्लामा ४ वटा क्षेत्रबाट १ सय ६१ जना उम्मेदवार छन् ।

जसमध्ये क्षेत्र नम्बर १ मा ४४ हजार १ सय पुरुष, ३३ हजार ५ सय ७८ महिला र २ जना अन्य गरी ७७ हजार ८ सय ७९ मतदाता छन् । यस क्षेत्रमा ३४ वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार ८ सय ८७ महिला र अन्य ४ जना गरी ८६ हजार ९ सय ६६ मतदाता छन् भने ३८ वटा मतदान स्थल र १ सय ३ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख निर्वाचन अधिकारी रंजीता झाले जानकारी दिइन् ।

उनका अनुसार क्षेत्र नम्बर ३ मा ५१ हजार ३ सय ६६ पुरुष, ३९ हजार ६२ महिला र अन्य ४ जना गरी ९० हजार ४ सय ३२ मतदाता छन् । यहाँ ४७ वटा मतदान स्थल १ सय ९ वटा मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल र १ सय १२ मतदान केन्द्र छन् । यस क्षेत्रमा जम्मा ९० हजार ८ सय ५१ मतदाता संख्या छ । जुन पर्साका चारै क्षेत्रमध्ये सबैभन्दा धेरै हो । जसमध्ये ५० हजार ३ सय ६४ पुरुष, ४० हजार ४ सय ८१ महिला र अन्य ६ जना रहेका छन् ।

 

Share your love