पर्सामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज- म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा पर्साको बिन्दबासिनी गाउँपालिका-२ बस्ने ६० वर्षकी सरस्वति देवी कुर्मीको मृत्यु भएको हो।

म्यादी प्रहरी पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ बस्ने ललनप्रसाद यादवले चलाएको ना १३ प ३५४४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महिलाको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल र यादवलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

Share your love