पर्सामा जसपा किन कजोर हुदै ?

वीरगंज– पर्सा जिल्लामा गत २०७४ सालको स्थानीय , प्रदेश र केन्द्रको निर्वाचनमा पर्सा जिल्लामा ठुलो हिसा ओगटेको जनता समाजवादी पार्टी नेपालले अहिले यस जिल्लामा आन्तरिक कलहका कारण अहिले कमजोर भएको छ ।

गत स्थानीय निर्वाचनमा मधेश प्रदेश कै एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाका प्रमुखमा जसपाबाट विजय सरावगी जिते त्यसैगरी अन्य पालिकामा पनि जसपाको राम्रो बर्चस्व रहेको थियो ।

तर पछिल्लो समय आपसी मनमुटावको कारण जसपा पर्सामा कमजोर हुदै गएको आकलन गरिएको छ । वीरगंज महानगरपालिकाको मेयरमा मेयर विजय कुमार सरावगीले जिते देखि नै भागबण्डाको कारण वीरगंजबाट जसपाको कमजोरीको यात्रा सुरु हुदै अहिले जिल्ला भरी नै फैली सकेको छ । पटक पटक जसपाको असहयोगको कारण जसपाबाट मेयरमा निर्वाचित भएका विजय सरावगीले चाहेर पनि राम्रो काम प्रसस्त रुपमा गर्न सकेन्न ।

उनले खुल्ला मंचमा नै आफ्नै पार्टीको मधेश प्रदेशका मुख्यमन्त्रि लालबाबु राउत गद्दी र वीरगंजमा नै पर्ने पर्सा क्षेत्र नम्बर दुई बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका प्रदीप यादवको असहयोगका कारण मैले जनताको आपेक्षा अनुसार काम गर्न नसेको बताउदै आएका थिए । उनले जसपा चाहेको भए मैले यस भन्दा पनि राम्रो काम गर्न सक्थे पटक पटक भन्दै थिए । अनन्त उनले गरेर बाध्याता बस जसपा परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरे अनि छाडे जसपाको यात्रा ।

याहा सम्म मात्र आएर रोकिएन जसपा भित्रको अन्तर विरोद्ध त्यसपछि प्रदेश सभा सदस्यमा जसपाबाट निर्वाचित भएका मन्जुर आलम एका एक जसपा परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरे । जसपा पर्साको नेतृत्व प्रति सधै असन्तुष्ट रहदै आएका मन्जुर बिना कुनै सुरसारको एकासी जसपा परित्याग गर्दै उनले एमालेमा प्रवेश गरे । पछी बुझ्दै जादा उनका र जसपा पर्सा अध्यक्ष संग टिकट बारेमा तालमेल नमिल्दा जसपा परित्याग गर्न सम्म हिमत गरेका रहेछन ।

उनले प्रदीप यादव र जसपा पर्साका अध्यक्ष रामनरेश यादवले पार्टीमा हैकम बादी चलाईरहेका जिकिर गरेका थिए । अहिले जसपा पर्साको गढ मानिएको पर्साको क्षेत्र नम्बर ३ मा पनि पार्टी परित्याग गरेर अन्य पार्टीमा जाने कुरा उठ्न थालेको छ । जसपा पर्सा क्षेत्र नम्बर ३ का नेता कार्यकताले जसपामा उपेन्द्र यादव भन्दा माथि प्रदीप यादव भएको र पर्सामा आफ्नो हैकम बादी चलाउदै गरेको आरोप लगाएका छन ।

पर्सा क्षेत्र नम्बर ३ जसपाको भागमा पर्दा समेत पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम वनमन्त्रि प्रदीप यादवले जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दबाव दिएर त्याहा बाट पार्टीका टिकटक लगेर दुईमा राखी दिएको र ३ मा कांग्रेसलाई दिईएको स्थानीय जसपाका नेता कार्यकर्ताले जनाएका छन ।

उनीहरुले प्रदीप यादव आफुलाई मन्त्रि हुनको लागी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाए , पटक पटक पार्टी बाट निलम्बित भए , आफ्नै पार्टीको नियम बाहिर गएर गतिबिधि गरेको र पार्टी अध्यक्ष यादवलाई काला नागको समेत संज्ञा दिएको तर पार्टीका माथिल्लो तहले उनकै मुख हेरेर बसिरहेको र उनकै कुरामा ध्यान दिएर पर्सामा जसपाको जडालाई उखेल्न खोजेको उनिहुर्को आरोप छ ।

कतिपयले आफ्नै पार्टीका नेता हरिनारायण रौनियार संग प्रतिसोध साधनको लगी पर्सा क्षेत्र नम्बर ३ मा प्रदीप यादवले राजनीतिक उठलपुथल गरिरहेको बताएका छन ।

Share your love