पर्सामा जग्गाको कित्ताकाट सोमवारदेखि हुने

सात महीनादेखि जग्गाको वर्गीकरण नगर्दा रोकिएको पर्सा जिल्लाको कित्ताकाट माघ ९ गते सोमवारदेखि हुने भएका छ । भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका नायब सुब्बा राजेश्वर साहले शुक्रवार कित्ताकाट खुला गरिएको सूचना प्रकाशन भएको बताउनुभयो ।

उहाले पर्सा जिल्लाका १४ वटा पालिकामध्ये सोमवारदेखि चारवटा पालिकाको मात्र कित्ताकाट खुला गरिएको र बाँकी दशवटा पालिकालाई जग्गा वर्गीकरण गर्न सूचित गरिएको बताउनुभयो।

भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा वीरगंज महानगरपालिका, पकाहामैनपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँँपालिका गरी चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेर पठाएको हुँदा पहिलो चरणमा यी चारवटा पालिकाको कित्ताकाट खोलिएको नायव सुब्बा साहले बताउनुभयो।सरकारले देशभरिका पालिकाहरूलाई कृषि, गैरकृषि जग्गाको वर्गीकरण गरेर सिफारिश गर्नको लागि मङ्सिर २३ गतेको समयसीमा तोकेको थियो ।

जेठ २७ गतेदेखि जग्गाको वर्गीकरण नगरेका पालिकाहरूको कित्ताकाट रोकिएको थियो । क्तकित्ताकाट रोकिएको र ससीम जग्गाको मात्र खरीद–बिक्री हुँदा मालपोतको रजिस्टे«शन स्वात्तै घटेको थियो । कित्ताकाट नहुँदा थुप्रै मानिस समस्यामा परेका छन् ।

Share your love