पर्साको बहुदरमाईमा चुनावी घरदैलो, जसपा-एमालेका साझा उम्मेदवारलाई जिताउन मतदाता उत्साहित

जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेका साझा उम्मेदवारहरुले पर्सा क्षेत्र नं. ३ को बहुदरमाई नगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलो गरेका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ता र क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्य डा. मधु गुप्ता कुर्मीको घरदैलो भएको हो । सो नगरपालिकाको वडा नं. ७ र ८ रामनगरीमा घरदैलो सम्पन्न भएको हो ।

पर्सा जिल्लाको समग्र विकासका लागि साझा उम्मेदवारलाई जिताउन नेताहरुले आग्रह गरे । सो कार्यक्रममा एमाले र जसपाका स्थानीय नेताहरुको सहभागिता थियो ।

मतदाताले आफूहरु परिवर्तनको पक्षमा भएको भन्दै स्वच्छ छवि र दूरदृष्टि भएका जसपा र एमालेका साझा उम्मेदवारलाई जिताउने बताए ।

Share your love