पर्साको छिपहरमाई गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

वीरगंज-पर्साको छिपहरमाई गाउँपालिको १६ औं गाउँ सभा मंगलबार सम्पन्न भएको छ । गाउँ सभामा ३३ करोड ७२ लाख बराबरको बजेट प्रस्तुत  गरिएको छ ।

छिपहरमाई गाउँपालिका भिस्वामा रहेको श्री मंगल मा.विको सभाहलमा आयोजित गाउँ सभाको उद्घाटन पालिका अध्यक्ष मनोज गुप्ताले गर्नुभएपछी पालिकाको उपाध्यक्ष लिलावती देवी कानुको प्रतिनिधि किशिरी साह कानुले आर्थिक बर्ष २०८०/८१ को लागी ३३ करोड ७२ लाख ५५ हजार ८ रुपैया बजेट प्रस्तुत गर्नुभयो ।

बजेटको मुख्य प्राथमिकतामा बालिका स्वर्ण विमा , विवाह कन्यादान र सहयोगी राशि , स्वच्छ सफा तथा हरित गाउँ बनाउने , सोलार लाईट , सामाजिक सुरक्षा अन्तर्गत गरिब असाहयको साथ् पालिका अध्यक्षको हात , कृषि , स्वास्थ्य , शिक्षा जस्ता अरु महत्वपूर्ण योजना परेका छन । नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ५५ लाख , बितिय समानिकरण १० करोड ६३ लाख २५ हजार,राजस्व बाडफाँड ७करोड ५९ लाख ३० लाख ८ सय ,आन्तरिक आय  १ करोड १० लाख, समपुर्क ७० लाख, विशेष अनुदान १ करोड १५ लाख लगायत ३३ करोड ७२ लाख ५५ लाख ८ सय रुपैयाको बजेट पारित गरि प्रस्तुत गरिएको हो ।

गाउँ सभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मनोज गुप्ताले छोरीलाई समाजले बोझको रुपमा बुझ्ने गरेको हुदा छोरी लक्षित बिभिन्न कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखेको बताउनुभयो । उहाले शिक्षामा क्रान्ति गर्नु साथै कृषिलाई आधुनिकरण गर्ने बताउनुभयो । सबैको साथ् र सहयोग रहे यो गाउँपालिकालाई नेपाल कै नमुना बनाउने बताउनुभयो ।

यो समाचार पोखरियाबाट हाम्रा सहकर्मी राजन बानियाले पठाउनु भएको छ  

Share your love