‘पठाओ’ र ‘इनड्राइभ’ का नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

जिल्ला प्रहरी परिसर काठमाण्डाैले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ जना चालकलाई कारबाही गरेको छ ।

काठमाण्डाैका विभिन्न ठाउँबाट अनधिकृत रूपले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई परिसरले नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ ।

विगतका केही आपराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताकाे दृष्टिबाट सधैँ जोखिम हुने भएको कारणले अफलाइन राइड शेयर नगर्नेतर्फ सचेत रहन परिसरले अनुरोध गरेकाे छ ।

 

Share your love