नेपाल टी–२० लिगमा विराटनगरकाे पहिलाे जित, पाेखराकाे लगातार चाैथाै हार

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगिताअन्तर्गत आज बुधवार भएकाे दाेस्राे खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको एक सय ४० रनको लक्ष्य विराटनगरले १७ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि हुसैन तलातले नटआउट ५० रन र अर्जुन साउदले २५ रन बनाए । बलिङतर्फ पोखराका कुशल मल्ल र शरद भेषवाकरले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायाे । पाेखराका लागि कुशल मल्लले १८ बलमा ३७ रन र सिद्धान्त लाेहनीले २६ रन बनाए । बलिङतर्फ पाेखराका हुसैन तलाल र राज ननानले दुई/दुई विकेट लिए ।

आजको जितसँगै विराटनगर दुई अङ्कसहित तालिकाकाे चौथो स्थानमा पुगेको छ । लगातार चार खेल हारेकाे पोखरा तालिकाकाे पुछारमा छ ।

 

Share your love