नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे ।

लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सक्याे । काठमाण्डाैका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक ३८ रन बनाए । बलिङतर्फ लुम्बिनीका हरमीत सिंहले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रन बनायाे । लुम्बिनीका लागि दीपेन्द्रसिंह ऐरीले ४० र लाहिरु मिलन्थाले २५ रन बनाए । बलिङतर्फ काठमाण्डाैका अजमतुल्लाह ओमरजाईले दुई विकेट लिए ।

लगातार पाँच खेल जितेकाे लुम्बिनी १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । काठमाण्डाै चार अङ्कसहित तेस्राे स्थानमा छ ।

 

Share your love