नेपाल एअरलाइन्सले फेरि घटायाे दाङ–काठमाण्डौ‍ भाडादर

नेपाल एअरलाइन्सले दाङ–काठमाण्डौको भाडादर घटाएको छ।  शनिबारदेखि लागू हुने गरि नेपाल एअरलाइन्सले दाङ-काठमाण्डौ हवाई भाडा ६ हजार ३ सय कायम गरिएको नेपाल एअरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ ।

यसअघि  दाङ–काठमाण्डौ भाडा ८ हजार ८ सय रुपैयाँ रहेको  थियो । त्यसैगरी काठमाण्डौ–दाङकाे पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो । नेपाल एअरलाइन्सले अहिले दाङमा हप्ताको ४ दिन उडान भर्दै आएको छ ।

सीता एअरले पनि उडान भरिरहेको छ । सिता एअरले भाडा घटाएको दुई हप्तामा नेपाल एअरलाइन्सले पनि भाडा घटाएको हो ।

 

Share your love