नेपालले यूएईलाई दियाे २ सय ४९ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनकाे लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए ।

यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।

 

Share your love