नेपालको महिला फुटबल टोलीले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोली र भारतको टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । खेल चेन्नईमा रहेको जवाहरलाल नेहरू मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

बुधवार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी भएको थियो । घरेलु टोली भारतसँग दुई गोलको अग्रतालाई उल्ट्याएर नेपालले रोमाञ्चक बराबरी खेलेको थियो । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

गएको भदौमा दशरथ रङ्गशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो । ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो ।

 

Share your love