नेटो देशहरुले युक्रेनलाई मिसाइल अस्त्र उपलब्ध गराउने

नेटो नेतृत्वको गठबन्धनले युक्रेनलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनमा मिसाइल नै हमला गरेपछि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्डले मिसाइल र रेडारहरूसहितका अस्त्र युक्रेनलाई दिने प्रतिबद्धता जनाएका बीबीसीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताउनुभयो । अमेरिकाले यसअघि नै त्यस्तो वाचा गरेको थियो । ब्रसेल्समा पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा पछिल्लो प्रतिबद्धता गरिएको छ ।

किएभले यो सम्मेलनलाई ‘ऐतिहासिक’ बताएको छ । किएभका अनुसार गएको सोमवार भएको मिसाइल हमलामा कम्तीमा १९ जना मानिसको ज्यान गएको थियो । युक्रेनले उत्तर एटलान्टिक सैन्य सङ्गठन (नेटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

गएको हप्ता राजधानी मस्कोमा भएको भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेअर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गर्नुभएको थियो । रुसले चार भू–भाग कब्जा गरेको घोषणापछि विकसित घटनाक्रमकै बेला सोमवारदेखि मिलाइल आक्रमण भएका छन् ।

 

Share your love