निर्वाचन नजिकिए संगै –डा.मधु प्रति मतदाताको रुझान झन बढ्यो

वीरगंज –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिए संगै पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति मतदाताको झन रुझान बढेको पाईएको छ ।

नयाँ अनुहार भएको र राजनीतिक पृष्ठभूमि भन्दा फरक पेशा बाट समाजको सेवा हेतु राजनीतिममा आउनुभएको हुदा जति जति निर्वाचन नजिकदै छ त्यति नै मतदाताहरुको रुझ्ना डा.मधु प्रति बढ्दै गएको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।

मतदाताले शिक्षित र कुनै न कुनै क्षेत्रमा विज्ञ भएको उम्मेदवारलाई मात्र अहिलेको निर्वाचनमा मन पराएको हुदा डा.मधुलाई मतदाताले सजिलै स्वीकारेको जसपाकी केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभएको हो ।

डा.मधु पोखरिया सतवरिया कै रहनुभएको अर्थात उहाको जन्मथलो नै ग्रामिण भेगमा रहेको र सहरी ज्ञान संगै ग्रामिण भेगलाई पनि बुझेको हुदा सबैखाले मतदाताको रुचिमा पर्न सफल हुदै जानुभएको जसपा युव नेता पवन सिंहले बताउनुभयो ।

चुनावी घरदैलोको क्रममा स्थानीय सञ्चारकर्मी संग कुरा गर्दै स्थानीय मतदाता एवम पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर निवासी शिवबालक महत्तो कोईरिले डा.मधु युवा जोश जाँगर भएको र स्वास्थ्य क्षेत्रलाई पनि नजिक नियालेकोले आफुहरुको रोजाईमा परेको बताउनुभयो ।

जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा डा.मधु गुप्ताले प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभएको हो । उहालाई जसपा एमालेका साथ सहयोग पनि उतिकै मिलिरहेको जसपा एमालेका स्थानिया नेता कार्यकर्ताले बताएका छन ।

Share your love