निर्वाचन नजिकिए संगै डा.मधुको पक्षमा जनसागर उर्लियो

निर्वाचन नजिकिए संगै पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मीको पक्षमा जनसागर उर्लिएको छ ।

आज चुनावी घरदैलोको क्रममा जनताको पूर्ण साथमा डा.मधु मतदाताको घरदैलोमा पुगेर आफुलाई मतदन गर्न आग्रह गर्नुभएको जसपा पर्साका युवा नेता पवन सिंहले बताउनुभयो ।

क्षेत्र नम्बर ३ ( ख ) का जनताले आफै डा.मधुको पक्षमा आज मंगलबार मतदाताको घर घरमा पुगेर मत मागेको जसपा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।

निर्वाचन नजिकिए संगै डा.मधु प्रति मतदाताको रुझान झन बढ्दै गएको सतवरिया पोखरियाका स्थानीय बासिन्दा सुमिर साहले बताउनुभयो ।

डा.मधु फरक पेशाबाट आएको र अनुभबी एवम स्वास्थ्य क्षेत्रमा विज्ञता हासिल गरेको हुदा मतदाता माझ लोकप्रिय हुनुभएको जनता समाजबादी पार्टी नेपाल पर्साका नेताहरुले बताएका छन ।  जसपा नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धन बाट डा.मधु पर्सा क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यका लागी उम्मेदवारी दिनुभएको छ ।

Share your love