निर्वाचन आयोगले घुम्ती टोली परिचालन गर्ने

आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । उनका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।

मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रुपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने छैन । दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो ।

सकेसम्म मतगणना सम्पन्न गरेर मात्रै फर्कनु भनी त्यो टोलीलाई म्याण्डेट दिइने आयोगले जनाएको छ ।

 

Share your love