नारी शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने–डा.मघु गुप्ता

वीरगंज –जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ताले नारि शक्ति एक भए देशमा अझ शान्ति र स्थायित्व कायम हुने बताउनु भएको छ । आज आईतबार फूलपाती भित्र्याउन गएका दुर्गा भगवतीको भक्तजनलाई फल्हार वितरण गर्दै उहाले महिलाहरु पनि देवी दुर्गा झैँ हुनु पर्ने र आफूमाथि औला उठाउनेको हात नै भाची दिने सम्म हिमत राख्नु पर्ने बताउनुभयो।

पृथ्वीमा जब जब असहाय उदण्ड किसिमका गतिबिधि भएको छ तब तब नारि कै रुपमा देवी भवानी बिभिन्न आफ्ना अवतार लिएर संसारको रक्षा गरेको हुनाले हामि महिला पनि आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागी देवी झैँ आफ्ना भित्र भएका आट र हिमतलाई प्रदर्शन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

महिलाले जब सम्म आफ्नो आधिकार होस् या आफुमाथि भईरहेको अन्यायको बारेमा अवाज उठाउदैन तब सम्म उनीहरुको अवाज कोहि नसुन्ने र यसैगरी महिलाहरु पछाडी परिरहेको बताउनुभयो । त्यसैले हामि माथि भईरहेको विभेदको अन्त्य गर्नको लागी कहिले दुर्गा त कहिले काली बन्नु पर्ने बताउनुभयो ।

आसन्न प्रतिनिधि निर्वाचनको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षक तर्फ नाम समेत सिफारिस भएको डा.गुप्ताले पोखरिया नगरपालिका वडा ५ सतवरियामा फूलपाती भित्र्याउन गएका श्रद्धालु भक्तजनलाई फल्हार बितरण शुभकामना समेत दिनुभएको छ । उहाले पोखरिया सहित पर्सा क्षेत्र नम्बर ३ का सम्पूर्ण जनताको सु –स्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

Share your love