नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट शर्माको इजलासमा

राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट न्यायाधीश मनोज शर्माको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका थिए ।

रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।
रिटमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई ऐनको अंग नबनाइपाऊँ भनेर माग गरिएको अधिवक्ता भण्डारीले जानकारी दिए । त्यस्तै उक्त प्रमाणीकरण कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत मागिएको उनले बताए ।
Share your love