नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनियताको सपथ लिदैं

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।
रानाले सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समाभुख देवराज घिमिरेबाट सपथ ग्रहण गर्न लाग्नु भएको हो । राना गत शनिवार उपसभामुखमा निर्वाचित हुनु भएको थियो ।
राना सत्ता गठबन्धनका तर्फबाट उसिभामुखमा निर्वाचित हुनु भएको हो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेर राजनीतिमा लागेको छोटै समयमा उपसभामुख बन्नु भएको हो । प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनमा आधरमा भएको निर्वाचनमा रानालाई १६६ मत प्राप्त भएको थियो भने उहाँको विपक्षमा ९७ मत परेको थियो ।
Share your love