नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताउनु भएकाे छ । प्रेस चौतारी कास्कीले बिहीवार आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनु भएकाे हाे ।

उहाँले एमालेले शरणार्थी प्रकरणमा जाेडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेकाे आराेप समेत लगाउनु भयाे ।  उहाँले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर  कारबाही हुनुपर्ने बताउनु भयाे ।

चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीले बताउनु भयाे । यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भीरतापूर्वक हेरेको तर नझस्किएको बताउनु भयाे ।

उहाँले असन्तृष्टि ‘क्यास’ गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको पनि बताउनु भयाे ।

 

Share your love