धनुषामा प्रतिबन्धित गाँजासहित एकजना पक्राउ

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले ठूलो परिमाणमा गाँजासहित ट्रक र चालकलाई धनुषाबाट नियन्त्रणमा लिएको छ ।

जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक हेटौंडाको मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

Share your love