देश फाटेको छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो । उहाँले १० वर्ष सांस्द भइसक्दा आफूले देशको बारेमा सबैकुार बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काकम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो ।

मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताउनुभयो । उहाँले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताउनुभयो ।

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरुको स्थान नहुँदा पछि परिरहेको बताउनुभयो । उहाँले बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गर्नुभयो । मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताउनुभयो ।

Share your love