देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीले बोलाएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास जानुभएको हो ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि सरकार र राष्ट्रपतिबीच केही असमझदारीको अवस्था देखिएको छ । यसै विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको अनुमान नेताहरूले गरेका छन् ।

Share your love