दुई लाख रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक (सई) विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाको मागदाबी गर्दै आज बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

यसैबीच रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी र ग्राभेल गर्ने कामकाे नापजाँचपछि सेवाग्राहीसँग घुस मागेको र सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई अख्तियारले पक्राउ गरेको हो ।

 

Share your love