थप ८ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आज विभिन्न ८ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

एमालेबाट सरकारमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी शाह, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, भूमिसुधारमन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

Share your love