त्रिविको बेथिति सुधारमा सरकार गम्भीर बनेनः सांसद देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि सुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्तालगायतका समाचारहरु विवरणहरु आए पनि सरकार गम्भीर नबनेको बताएका हुन्।

उनले विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे। उनले त्रिभुवन विश्वविद्यालयलगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग माग गरे।

Share your love