त्रिदेशीय क्रिकेट शृङ्खला : पीएनजीसँगकाे खेलमा नेपालले बलिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल भइरहेको छ । दुबईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ थालेको छ। यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेलिरहेको हो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार यूएईसँग हुनेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।

अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ । साथै एक दिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।

 

Share your love